तराईका नुनिया जातिको खाद्य परिकार, जुन अरूभन्दा भिन्न छ

तराईका नुनिया जातिको खाद्य परिकार, जुन अरूभन्दा भिन्न छ


नुनिया तराईको एक अल्पसंख्यक सूचीमा सूचीकृत जाति हो । नेपाल र भारतमा समेत बसोबास गर्ने यो जातिको नेपालमा भने मोरङ, सुनसरी, सप्तरी, सिराहा, पर्सा र बारा जिल्लामा बढी बसोबास पाइन्छ । हिन्दु जाति व्यवस्था अनुसार यस जातिलाई क्षेत्रीय जातिको कोटिमा राखिन्छ । २०६८ सालको जनगणना अनुसार ७० हजार ५४० जना जनसंख्या रहेको यो जातिको परम्परागत पेसा भनेको समुद्रको किनारामा गएर नुन संकलन गर्नु हो । त्यसैले हालको नेपालको सिमानादेखि समुद्रसम्म यो जाति फैलिएका थिए भन्ने अनुमान गरिन्छ । तर अहिले नुन संकलन गर्ने उनीहरुको परम्परागत पेसा बन्द भइसकेको छ ।

नुनिया जातिको अन्य विभिन्न सांस्कृतिक विशेषतासँगै खानाको संस्कृति समेत आफैँमा अरूभन्दा भिन्न छ । यो जातिको खाना पकाउने शैलीदेखि खानाको परिकारसम्म पनि भिन्दाभिन्दै हुने गर्छ । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागले नेपालको नुनिया जातिको खानपान संस्कारको बारेमा गरेको अध्ययनको आधारमा हामीले नुनिया जातिको खाना संस्कार र भान्साको बनावटको बारेमा तल उल्लेख गरेका छौं ।

नुनिया जातिको परिकार
नुनिया जातिका केही विशिष्ट र केही सामान्य खाद्य परिकारहरू रहेका छन् । ती निम्नानुसार छन् ।

दालपेट्टी

यो परिकार दाल र रोटी(स्थानीय भाषामा चपाती)को मिश्रण हो । उनीहरुको मुख्य खाना पनि यही हो । यो परिकार बनाउँदा पहिले दाल पकाउँछन् र त्यसैमा चपातीलाई टुक्रा टुक्रा बनाएर दालमा मिSawanे गर्छन् । उनीहरूको रात्रिको खानामा बढी यो परिकार चल्ने गर्छ ।

खिचडी

खिचडी पनि उनीहरूको विशेष परिकारमा नै पर्छ । यो लवणयुक्त परिकार हो । यसमा पहिले भात पकाइन्छ, त्यसैमा विभिन्न परिकारका दालहरू मिसाइएको हुन्छ । साथमा त्यसैमा घिउ समेत राखेर यो परिकार बनाइन्छ । यो दाल र भातको मिश्रणयुक्त परिकार हो । यसमा नुन मसला लगायत दाल पकाउन आवश्यक सबै सामग्रीहरु राखेर पकाउने गरिन्छ ।

गिलाजात

गिलाजात एक किसिमको खानाको परिकार हो । चामलबाट बन्ने परिकार अन्यत्र ‘भात’ पकाउने शैलीमा नै पकाइन्छ ।

मार्गिला भात

मार्गिला भात पनि एककिसिमको जाउलो जस्तै खानेकुरा हो । यसको लागि आलु, सिमी, तोरीको तेल, लसुन, प्याज, रातो खुर्सानी, लगायत परिकार एकै ठाउँमा राखेर गिलोगिलो हुने गरी पानी राखेर खाना बनाइन्छ ।

तरुवा

तरुवा भनेको भुटेको मासु हो । यो मासु जेसुकैको पनि हुन सक्छ । यो पनि नुनिया जातिको खाद्य परिकारमा पर्छ ।

यसबाहेक चोखा, चटनी, दालपिट्ठी (दाल मिसाएर बनाइएको केक आकारको परिकार), बाघिया, दूधनी (भुटेको गेडागुडी), दाल घोटनी, लाभानिल बैठकी जस्ता परिकारहरु त्यहाँको विशेष परिकारहरु हुन् ।

नुनिया जातिको भान्साको बनोट

भान्साको बनोट सबैको एकै किसिमको त हुँदैन । तर भान्सामा प्रयोग हुने इन्धन आदि विषय भने यो जातिको धेरैमा समान रहेको हुन्छ । अहिले आधुनिक इन्धनको प्रयोग पनि कताकतै भए पनि यो जातिको परम्परागत इन्धनको शैली भनेको गुइँठा सुकाएर खाना पकाउने शैली हो ।

गुइँठा भनेको गाईगोरुको गोबरलाई सुकाएर प्रयोग गर्ने इन्धनको एक साधन हो । नुनियाहरुको भन्साको एउटा कुनामा गुइँठा राखिएको हुन्छ । सोही क्षेत्रको अर्काे कुनामा चुल्हो राखिएको हुन्छ । जाडो मौसममा भने धेरैजसो खुला हावा लाग्ने ठाउँमा चुलहो राखेर खाना बनाइन्छ । खाना पकाउने बेलामा चुल्हो फोहोर हुन्छ, त्यसैले उनीहरु खाना प्रायः बाहिर बसेर खाने गर्छन् । सामान्य सफाइबाहेक फोहोर चुल्हो भोलिपल्टमात्रै सफा गर्ने गरिन्छ ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));



श्रोत : अनलाइनखबर