भक्तपुर जिल्ला फुटबल संघ खारेज, १३ सदस्यीय तदर्थ समिति गठन

भक्तपुर जिल्ला फुटबल संघ खारेज, १३ सदस्यीय तदर्थ समिति गठन


२ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघ भक्तपुरको हालको कार्यसमिति प्रतिस्थापन गरी अर्को तदर्थ समिति गठन गरेको छ ।

हालको समितिले विधान विपरीत गतिविधि गरेको भन्दै मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले किशोर हेक्का अध्यक्ष रहेको १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।



श्रोत : अनलाइनखबर